चुनावी परिणाम आफ्नाे फेवरमा नआएपछि गगन थापाले सभापतिबाट राजीनामा दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने तयारी गरेका छन् । राजीनामाबारे उपसभापति विश्वप्रकाश शर्मासँग नयाँबानेश्वरमा उनले छलफल गरिरहेका छन् ।

‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ l अत: म राजीनामा दिन्छु’, गगनले शर्मालाई भनेका छन् ।

तर शर्माले भने राजीनामा नदिन सुझाव दिएका छन् । उनले सभापतिले राजीनामा दिए पार्टी थप अप्ठेरोमा पर्ने बताएका छन् । ‘रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो l नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो’, शर्माले भनेका छन्, ‘त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठेरो अवस्थामा पुग्न दिनु हुन्न ।’

सभापति थापानिकट स्रोतले पनि थापा राजीनामा दिने मुडमा पुगेको जानकारी दियो । ‘पार्टीले पराजय बेहोरेपछि सभापति राजीनामा दिने मुडमा पुग्नुभएको हो,’ उनीनिकट स्रोतले भन्यो, ‘त्यसैले उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो । उहाँसँगको छलफलपछि एउटा निष्कर्षमा पुग्नुहोला ।’

दुई नेताबीचको छलफल जारी छ । कांग्रेसले २१ फागुनमा भएको चुनावमा १८ सिट मात्रै जितेको छ । सभापति थापा नै पराजित हुन पुगेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts