संसदमा आज आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदै छ । संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

आज अपराह्न ४ बजे बस्ने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने छन् ।

गत २१ फागुन भएकाे प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो । रास्वपा नेतृत्वको वर्तमान सरकारले कस्तो बजेट ल्याउँछ भन्ने सर्वत्र चासो छ ।

सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत २१ फागुनकाे चुनावमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायत विषयलाई बजेटको केन्द्रमा राखिएको छ ।

रास्वपा नेतृत्वकाे सरकारले यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखेकाे छ । अनावश्यक खर्च कटौती, निजीक्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले बजेट ल्याउने तयारी गरेकाे छ ।

आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।

हरेक वर्ष १५ जेठमा बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts