नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमनजिक ठूलाे बाँधयुक्त ताल बन्याे,३ दिनभित्र फुट्न सक्ने जाेखिम!

काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमनजिक ठूलो प्राकृतिक बाँधयुक्त ताल (ब्यारियर लेक) बनेको जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजनका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ र तालबाट पानी बाहिरिन थालेको छ ।

मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ । यसले ताल फुट्ने जोखिम उच्च बनाएको चिनियाँ अधिकारीहरूले बताएका ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । साथै, सम्भावित ताल फुट्दा आउन सक्ने बाढीको अवस्थाबारे कम्प्युटर सिमुलेसन तथा विश्लेषण गरी आपत्कालीन उद्धारका लागि तयारी भइरहेको जनाएको छ ।

चिनियाँ अधिकारीहरूले सम्भावित ताल फुटेमा त्यसबाट उत्पन्न हुने बाढीको जोखिमलाई समेत ध्यानमा राखेर आवश्यक पूर्वतयारी र उद्धार क्षमता बढाइरहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts