रास्वापाकाे महाधिवेशन समय लम्बिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनको समय लम्बिने भएको छ । सोमबार साँझ प्रवक्ता मनिष झाले महाधिवेशन असार १० गते(बुधबार)सम्म चल्ने जानकारी दिए ।

यसअघि आइतबारबाट सुरु भएको महाधिवेशन सोमबार र मंगलबारगरी तीन दिनसम्म चल्ने भनिएको थियो ।

जसअनुसार आइतबार उद्घाटन समारोह सम्पन्न भएको थियो ।

तर, सोमबार सुरु हुने भनिएको बन्दसत्र सुरु नै हुन सकेन् । प्रतिनिधिको विवाद समाधानमा ढिलाइ हुँदा बन्द सत्र सुरु हुन नसकेपछि आजलाई स्थगित गरेर भोलि(मंगलबार) मात्रै सुरु हुने भनिएको छ ।

बन्द सत्रको कार्यक्रम पर सर्ने अवस्था सिर्जना भएपछि महाधिवेशनको अवधि पनि थप गरिएको प्रवक्ता झाले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts