दसैंका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं ।दसैंमा घर फर्किने यात्रुका लागि सरकारले आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

दसैंमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भिड बढेको छ । टिकट पाउने आसमा केही युवा बिहीबार रातिदेखि नै टिकट काउन्टरअगाडि लाइनमा बसेका थिए ।

सरकारले आजदेखि दसैंका लागि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो । केही जिल्लामा जाने यात्रु भने टिकट लिन अघिल्लो रातिदेखि नै काउन्टरमा पुगेका थिए ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीचकाे बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आजदेखि टिकट बुकिङ सुरु भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts