परि आउँदा छातीमा गोली थाप्न तयार भएरै यो परिवर्तनको आन्दोलनमा होमिएको मान्छे हुँ । त बतासेको गालिले मलाई केही फरक पर्दैन। त*हरू जति पनि मेरो वालमा कराउन आउँछौ नि मेरो लागि फगत नम्वर मात्र हो।
केही समय बोलिएन, कारण अनेक थिए नबोल्नुको पछाडि। तर आजबाट स्पष्ट बोल्दै जानु पर्ने भयो।
सुनिबक्स्योस प्रधानमन्त्री बालेन ज्यू! विदाको दिन तिम्रो श्रीमति सरकारी गाडी चलाएर हिडेको बेला प्रहरी चेकिङमा परिन अरू सर्वसाधरण जस्तै । त्यसको रिसले तिमीले सिंह दरवार चलाउने चेतावनी दियौं। Finally तिम्रा IQ लेबल Zero भएका समर्थकद्वारा अन्तत सिंह दरवार जलाएरै छोड्यौ।
आज तिम्रो अहङ्कारले समयमा उद्दार नपाएर सुरूङमा हजारौ मानिशहरूले ज्यान गुमाउने अबस्था आयो। कि यो पनि ३५ वर्षले हो? बिधुत प्राधिकरणका एक स्टाफकी श्रीमतीले आफ्नो सुरूङमा फसेंको श्रीमानको छिटो उद्दार हुन सके ज्यान बचाउन सकिन्थ्यो भनेर सरकार उद्दार छिटो गरियोस, नेपालले सक्दैन र प्रविधि छैन भने विदेशी सहयोग लिएर भए पनि बचाउनु पर्यो भन्दा यो तहको हिंसा तिनै पिडित महिला माथि?
तिमीहरू समाज कता लादैछौं? कस्तो समाज बनाउदैछौं? र, म यो पनि भन्छु गत वर्ष भाद्र २३/२४ मा बुढी मात्र फालेको हो भाइ डोको त्यही छ।
बिहान ८ः४५ मा बाढी आउने सूचना पाएको तहरूले समयमा नै सूचना जारी गरेको भए यति धेरै धन जनको क्षति हुने थिएन। तहरूको यस्तो के को अहङ्कार हो? राजाले पनि जनताको अगाडी श्रीपेच फुकालेर गएको देश ईतिहाँस छ हामीसंग। अनि सरकारको अहङ्कार र अकर्मणताले गर्दा आफ्नै कम्पनीलाई उद्दारमा काम गर्न दिएन। ढिलो उद्दार गर्नु भनेको लास मात्र उठाउनु हो।
त*हरूले कति मान्छे मार्यौ? के यो हत्याको जिम्मा लिनु पर्दैन? बिपत टारेर टारिने कुरा थिएन तर समयमा सूचना र समन्वय भएको भए अबस्था यस्तो भयाबह हुने थिएन। यति घेरै फसेको ब्यक्तिको ज्यान लिने हत्यारा को?
अब बलत्कारपछि हत्या गरिेएकी बालिकाका बाबुआमाले जस्तै सरकारसंग हामी खुसी छौं सन्टुष्ट छौं भन्दिनु पर्ने हो भोटेकोशी बाढीका भिक्टिमहरूले??
मर्ने मान्छेहरू, हराउने मान्छेहरू आफ्नो दिन आएर हराएका हुन। बाढी पहिले पनि आउथ्यो ऐले पनि आयो। फेरी पनि विपत आउला। तर सरकारले, बालेनले जे गरे, जे सोचे ठिक सोचे, उनि नै नायक हुन। उनले सोचें जस्तै सबैले एफटै कुरा सोच्नु पर्छ भन्नु पर्ने हो हामी सबैले? कि सरकारलाई १०० पूर्णाङ्कमा १००० नम्बर दिने Trend चलाउने हो अब?
अब बोल्न सुरू गरौः हत्यारा को हो?
प्रकाश सुबेदीको “सो”मा बालेनलाई बालेनका समर्थकले नै एक दिन अप्ठ्यारो पार्ने छन भनेर बोलेकै भरमा मेरो घरमा परिवारलाई भित्रै पारेर आगो लाउन आएको होईन र त*हरू?
