बागमतीले ल्यायो ६४ अर्बको बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको आकार बढाएर ल्याएको छ।

शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्क्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कूल ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको जानकारी गराएका हुन्।

जसमा पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हवजार, चालु तर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन ल्याएको बताएका हुन्।

आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाएर ल्याएको हो। बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ६२ अर्ब ७७ करोड ९० लाख रुपैँया बजेट ल्याएको थियो।

उक्त बजेट भन्दा लगभग ५ अर्ब रुपैयाँ बजेट बढेको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts