काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन खेलमै लुम्बिनी लायन्सका किशोर महतोले चार विकेट लिएपछि सुदूरपश्चिम रोयल्स संकटमा परेको छ । याे समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सले १७ अाेभरमा ८७ रन बनाउदै ९ विकेट गुमाएको छ ।उद्घाटनखेलमै सुदूरपश्चिमले कमजोर प्रदर्शन गरेको छ ।
