काठमाण्डौं : जोरपाटीमा रहेको SA कलेजले सईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर फुटसल र बाँस्केटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त कलेजले आकर्षक पुरस्कार सहितको प्रथम SA Appeared एसईई फुटसल र बाँस्केटबल प्रतियोगिता गर्ने भएको हो ।
उक्त आयोजित फुटसल प्रतियोगिता बैशाख २४ गते नारायणटार स्थित जोरपाटी फुटसलमा र बाँस्केटबल प्रतियोगिता २६ गते नयाँबस्ती स्थित शान्ती आदर्श स्कुलमा हुनेछ । फुटसलमा पुरुष तथा महिला टोली र बास्केटबलमा महिला तथा पुरुष दुवै प्रतिस्पर्धा गर्न पाउनेछन् । फुटसलको विजेता टोलीले आकर्षक नगद पुरस्कारका साथै मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् । यस्तै बास्केटबलको महिला र पुरुष दुवैतर्फका विजेताले आकर्षक नगद पुरस्कार सहित मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् ।
फुटसलतर्फ ६० भन्दा बढि टिम र बास्केटबल तर्फ ३० भन्दा बढि टिम सहभागी हुने कलेजका प्रिन्सिपल गोबिन्द दंगालले जानकारी दिएका छन् । खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीमात्र सहभागी हुन पाउनेछन् भने सहभागिताका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । बाँस्केटबल प्रतियोगिताका खेलहरु स्कुलकै कोर्टमा खेलाइने छन् ।
