एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबाट एनपीएल फाइनलको लाइभ देखाइने

रुपन्देही । नेपाल प्रिमियर लिग (एनपीएल)को लाइभ रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबाट देखाइने भएको छ ।

भोलि (शनिबार) दिउँसो ३ ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेलको लाइभ एक्स्ट्राटेकमा देखाउने तयारी भएको निर्देशक विनोद कुँवरले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा निर्माणाधीन यस मैदानमा पहिलोपटक लाइभ देखाउन लागिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts