गुल्मीमा स्कार्पियो दुर्घटना : ५ जनाको मृत्यु ,४ गम्भीर घाइते

रुपन्देही । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार, स्कार्पियो दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल पुर्‍याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए ।

सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको डीएसपी विश्वकर्माले बताए ।

घाइतेहरूको नाम, थर तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts