कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि दोहोरो नागरिकताको आरोप

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि दोहोरो नागरिकता लिएको आरोप लागेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सिरोहियासँग दोहोरो नागरिकता रहेको आरोप लगाउँदै उजुरी परेपछि सोमबार जिल्ला प्रशासन कार्यालय, धनुषाबाट विवरण माग गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले बताए।

‘हिजो आइतबार उजुरी परेपछि हामीले विवरण माग गर्दै पत्र पठाएका थियौं। आज फेरि मान्छे नै पठाएर ताकेता गरिरहेका छौं,’ डीएसपी अवालेले भने, ‘दोहोरो नागरिकता रहेको र एउटै नागरिकता नम्बर दुई जनाको भएको विषयमा अनुसन्धान अगाडि बढेको छ।’

सिरोहियाले विभिन्न निकायमा बुझाएका नागरिकता नम्बर फरक परेको र उनको नामको नागरिकता नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भन्दै धनुषा प्रहरीमा उजुरी परेको छ।नेपालखबरबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts