काठमाडौं । जापानकी परराष्ट्रमन्त्री कामिकावा योकोले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी छन् । नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेकी उनले आइतबार दिउँसो वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेकी हुन् ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको आइतबार नेपाल आएकी हुन् । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

