बुटवल ।लायन्स क्लब अफ बुटवल इलिटले सामाजिक कार्यक्रमलाई अग्रसरताका साथ अघि बढाएको छ । क्लबले गत शनिबार स्वास्थ्यसेवा अन्तर्गत रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम बुटवल विपि. चोकमा सम्पन्न गरेकाे हाे । बुटवल इलिटकाे आयोजना, नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ७४ पिन्ट रगत संकलन तथा २५३ जनाको निशुल्क मधुमेह परिक्षण गरिएको क्लबका तृतीय उपाध्यक्ष एवं कार्यक्रम संयाेजक लायन केशव पौडेलले जानकारी दिए ।
उनले पछिल्लो समय अस्पतालहरुमा रगतकाे अभाव रहदै आएकोले पनि क्लबले यो संवेदनशीलतालाई प्राथमिकतामा राखेको बताए । आफुहरु सामाजिक काममै सदैव लागिरहेकोले पनि सामाजिक विषयवस्तुमा आएका अभाव र प्रभावका बारेमा क्लबले आफ्ना कर्म अघि सार्दै आएको उपाध्यक्ष पौडेलले बताए ।

“रक्तदान जीवनदान“ रहेको उल्लेख गर्दै पवित्र कर्ममा सहभागी रक्तदाताहरुलाई बुटवल इलिटका अध्यक्ष लायन अरुण ज्ञवालीले विशेष धन्यवाद व्यक्त गरे ।
क्लबका अध्यक्ष लायन अरुण कुमार ज्ञवालीकाे अध्यक्षता रहेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ३२५ पि, नेपाल पि.एम.जि.एफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, विशिष्ट अतिथि आइपिजिडि एमजेएफ लायन अर्जुनमान सैंजु, विशिष्ट अतिथि प्रथम भाईस डिष्ट्रिक गभर्नर पि.एम.जे.एफ बालाराम भट्टराई अतिथि द्वितिय भाईस डिष्ट्रिक गभर्नर एप.जे.एफ लायन सन्दिप कसौधन, डिष्ट्रिक क्याबिनेट सचिव एम.जे.एफ लायन माधव खनाल, जि.एस.टी कोर्डिनेटर एम.जे.एफ लायन आशिष कृष्ण श्रेष्ठ, जि.एम.ए कोर्डिनेटर एम.जे.एफ लायन एमएल पाण्डे, एरिया-३ चिफ एम.जे.एफ लायन शान्ति पाठक पाण्डे, डिष्टिङक प्रोग्राम मेम्मर तथा यस संस्थाका संस्थापक अध्यक्ष लायन सन्तोष आचार्यको उपस्थित रहेको थियो ।
लायन दिनेश पाण्डेले संचालन गरेकाे कार्यक्रममा क्लबका सदस्यहरु तथा स्थानीय समूदायको उपस्थिति रहेको थियो ।
क्लबले विगतका दिनहरुका पनि सामाजिक कार्यक्रम गर्दै रुपन्देहीमा आफ्नो कद उचो बनाउदै आएको छ ।
