काठमाडौं । नेपाल बार एशोसिएसन, सिन्धुपाल्चोक जिल्ला अदालत बार इकाईमा भुपेन्द्र बहादुर तामाङकाे नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएकाे छ। अदालत बार इकाईकाे आज(शनिबार ) भएको १८ औं अधिवेशनबाट तामाङकाे नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । निर्वाचनमा तामाङले १३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
तामाङले १३ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी यज्ञप्रसाद दाहालले १० मत प्राप्त गरे । प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद शर्माका अनुसार १ मत बदर भएको थियोे ।
त्यस्तै उपाध्यक्षमा सुरज ढकाल, सचिवमा नानि लक्ष्मी थापा र कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । ढकाल र थापा निर्विरोध निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा श्रेष्ठले १५ मत पाउदा मधुकर मल्लले ९ मत पाए ।

त्यसैगरी महिला समितिको संयोजक तथा सहसचिवमा सुनिता तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।सदस्यहरुमा उद्वव अधिकारी, हरीप्रसाद सुवेदी, नवीन घिमिरे,ग्यालसाङ शेर्पा र मोहनराज गिरी निर्विरोध निर्वाचित भए ।
केन्द्रीय प्रतिनिधिमा हरि बहादुर सुवेदी र विष्णुप्रसाद धिताल ,महिला समितिको सदस्यमा रिना तामाङ र अन्जना अर्याल निर्विरोध निर्वाचित भए ।