बैतडी पुगेका भौतिकमन्त्री लम्साल अचानक अस्वस्थ भएपछि हेलिकाेप्टरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौं । सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल अचानक अस्वस्थ भएपछि उनलाई हेलिकाेप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।

बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साल अस्वस्थ भएपछि काठमाडौं ल्याउन सुर्खेतबाट हेलिकाेप्टर मगाइएको बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।

उनका अनुसार मौसम खुलेलगत्तै मन्त्री लम्साललाई हेलिकाेप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।
शुक्रबार धनगढी पुगेका मन्त्री लम्साल डोटी र दार्चुला हुँदै बैतडी पुगेका थिए । बैतडीमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठकमा सहभागी भएर बझाङ जाने उनको कार्यक्रम थियो ।

तर, अचानक अस्वस्थ भएपछि उनको बझाङ भ्रमण स्थगित गरी काठमाडौं ल्याउने तयारी गरिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts