काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्याण्ड तथा रेलिङमा क्षति पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपा लगायत दलको सहभागीतामा स्वागत र्याली गरिएको थियो।


