मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको अध्यक्षमा अधिकारी चयन

हेटौंडा – मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग अध्यक्षमा अधिकारी चयन भएका छन् । मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको आइतबार सम्पन्न तेस्रो अधिवेशनले ध्रुव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल चयन भएका छन् भने महासचिवमा ज्ञानेन्द्र अधिकारी चयन भएका छन् ।

उक्त अधिवेशनले देवीप्रसाद चौलागाईंलाई कोषाध्यक्षमा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना, महेश ठकुरी, राजेशकुमार शर्मा र पारसमणि चयन भएका छन् । संघले सचिव पद भने रिक्त रहेकाले छिट्टै समितिको बैठक बसेर सचिव चयन गर्ने निर्णय समेत गरेको छ ।

उक्त अधिवेशन मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघका अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबेन्द्र रत्न राक्य प्रमुख अतिथिमा रहेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts