पूर्वसञ्चारमन्त्री तथा कांग्रेस सांसद मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेको छ।

आयोगले बिहीवार प्रकाशन गरेको विज्ञप्तिअनुसार उनीलगायत १६ जनामाथि नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ प्रणाली खरिद कार्यमा “परामर्शदाताको छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी” एवं “नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत तबरमा संरचना स्थापना गर्न राज्यको सम्पत्तिको दुरुपयोग गरी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको” आरोप छ।

आरोपित अन्य व्यक्तिहरूमा प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललगायत छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts