नेपाल पानी उद्योग महासंघ दर्ता सम्पन्न : भयो घोषणा

काठमाडौं । देशैभरका जार तथा बोतलका पिउने पानी उत्पादक गर्ने पानी उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघ आधिकारिक रुपमा घोषणा भएको छ । हिजो सोमबार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भएसँगै महासंघ घोषणा गरिएको हो । देशैभरीका सात ओटै प्रदेशबाट प्रतिनिधित्व गर्ने उद्योगीहरूले काठमाण्डौंको सिनामंगल स्थित होटल रोयल प्यालेसमा एक कार्यक्रम गर्दै महासंघको घोषणा गरेका हुन् ।

देशभरका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरूको छाता संगठनका रुपमा महासंघको गठन गर्न गत माघ १७ गते मकवापुरको हेटौँडामा आयोजित प्रारम्भिक भेलाले बिक्रम लिम्बु चेम्जोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त भेलाले ६ महिना भित्र महासंघ दर्ता गर्ने र घोषणा गर्ने निर्णय समेत गरेको थियो । सोहीअनुसार सोमबार दर्ता प्रक्रिया सम्पन्न गरेर विक्रम लिम्बु चेमजोङको अध्यक्षतामा महासंघ घोषण भएको हो ।

जसअनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, उपाध्यक्षहरुमा क्रमश: रबिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, साहिल साह,,टेकेन्द्र सिंह कुन्जेडा र कृष्ण प्रसाद आचार्य रहेका छन् । त्यस्तै, महासंघको महासचिवमा ध्रुव प्रसाद अधिकारी रहेका छन् । समितिको उपमहासचिवमा रोसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाईं रहेका छन् ।

महासंघको सदस्यहरुमा भने क्रमश: सहदेब बोलखे, विष्णु हमाल, पदम राउत, शौरभ मारु, नारायण गिरी, रक्की लामा ,आशिष चौधरी, मनिष महासेठ, राम सुवाल र जितेन्द्र दाहाल रहेका छन् ।

महासंघ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष बिक्रम लिम्बु चेमजोङले सबै उद्योगीको हकहित संरक्षण गर्न र नेपालको पानी अन्तर्राष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गरेको बताउनुभयो । उहाँले महासंघको पारदर्शितामा प्रश्न उठाउने ठाउँ नरहने गरी काम गर्ने र पानीमा लगानी गर्ने सबै उद्योगीहरुको हकहितको संरक्षणमा सधैं साथ दिने बताए ।

त्यस्तै लिम्बुले साना उद्योगीहरुलाई नहेर्ने र ठुला उद्योगीहरुको मात्र संरक्षण गर्ने भन्ने हल्ला फैलाएर आफुमाथि गलत आरोप लगाउने गरेको प्रति खेद प्रकट गर्दै आफुले त्यस्तो कुनै कार्य नगरेको र साना ठुला सबै उद्योगीहरुको भलाइमा कुनै कमजोरी नगर्ने बताएका छन् । उनले साना उद्योगीहरुको लगानी सुरक्षित गर्न र लगानी मैत्री वातावरण निमार्णमा सबैसँग हातेमालो गर्ने बताए । उहाँले तोकिएको समयभित्र महासंघको प्रथम अधिवेशन समेत गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै महासचिव अधिकारीले नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेपछि उद्योगहरू बढेकोले संगठित भएको बताउनुभएको छ । उहाँले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा गोलबन्द हुन आग्रह गर्नुभयो । अधिकारीले धेरै लामो प्रयासपछि महासंघको दर्ता सम्पन्न भएको र घोषणा गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहित संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको निर्माण भएको बताउनुभयो । उहाँले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गर्ने समेत बताउनुभयो ।

महासंघ घोषणा कार्यक्रममा बोल्दै काठमाण्डौं पानी उद्योग संघका अध्यक्ष एवम् उद्योगी गोकुल थापाले निकै लामो प्रयास र छलफलपछि नेपाल पानी उद्योग महासंघ दर्ता भएर घोषणा गरिएको बताउनु भयो । उहाँले सात ओटै प्रदेशमा रहेका पानी उद्योगीहरुको साथ र सहयोगबाट महासंघ दर्ता सम्पन्न भएको भन्दै सबै उद्योगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । महासंघ दर्ता प्रक्रियामा निकै कठिन वातावरण व्यहोर्नु परेको समेत थापाले बताउनु भयो । उहाँले देशभरका झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योगहरुको हकहितमा महासंघले काम गर्ने बताउनु भयो । थापाले महासंघमा आवद्ध हुन छुटेका पानी उद्योगीहरुलाई समेत एउटै छाता संगठनमा गोलबद्ध हुन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा देशै भरीका सातै प्रदेश , जिल्ला , नगर तथा क्षेत्रीय संघका उद्योगी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । महासंघले देशैभरिका उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ पिउने पानी उत्पादन गरेर बजारमा बिकी वितरण गर्ने पहिलो लक्ष्य राखेको छ । महासंघ घोषणा भएसँगै सम्पूर्ण आवद्ध प्रदेश , जिल्ला ,नगर तथा क्षेत्रीय संघलाई सदस्यता वितरण समेत गरिएको छ ।

देशभरका झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योगहरु रहेका छन् । पानी उद्योगमा १५ अर्ब भन्दा बढि लगानी भएको भन्दै अधिकारीले पानी उद्योगबाट २२ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको समेत बताउनुभयो । उहाँका अनुसार पानी उद्योगमा रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारीमा प्रत्यक्ष लाभ लिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts