४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा लगाइएको प्रतिबन्ध कडाइसाथ कार्यान्वयन गर्न पुन: आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । विभागले सूचना जारी गर्दै १७ माघ २०७८ को मन्त्रिपरिषद् निर्णयबाट स्वीकृत ‘प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८’ कार्यान्वयनमा रहेको स्मरण गराइएको छ ।

सोही निर्णय र आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा गरिएको व्यवस्था अनुसार वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले यो प्रतिबन्ध लागु गरिएको थियाे ।

विभागले जारी गरेकाे सूचनामा प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा १ मंसिर २०८२ देखि लागू हुने गरी रोक लगाइएको उल्लेख छ ।

विभागले प्रतिबन्धित प्लास्टिकको झोला आयात, उत्पादन, बिक्री, वितरण र दैनिक कामकाजमा प्रयोग नगर्न/नगराउन सम्बन्धित सबैलाई सूचना मार्फत पुन: अनुरोध गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts