एजेन्सी । इरानको सभ्यता समाप्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको दक्षिण अफ्रिकास्थित इरानी दूतावासले जवाफ दिएको छ ।
इरानले अमेरिका र उसका सहयोगीलाई इरानको प्राचिन सभ्यताको जसरी नै जवाफ दिने भन्दै उनीहरूले कहिल्यै भुल्न नसक्ने बताएको छ ।
यसैबीच इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा रेलवे सेवा रोकिएको छ । फार्स न्युजका अनुसार मशहद रेलेवे स्टेशनबाट आउने र जाने सबै रेल अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।
मंगलबार इजरायली सेनाले इरानी जनतालाई रेलवेमा यात्रा नगर्न र स्टेशनबाट टाढै रहन आग्रह गरेको थियो
