अब अमेरिकामा पनि सहारा फाउण्डेसन : अक्टोबर २६ तारिखमा बृहत रक्तदान कार्यक्रम गर्दै

अमेरिका – नेपालमा सन २०१० देखि स्थापना भएको सामाजिक संस्था सहारा फाउण्डेसनले २०२५ देखि अमेरिकामा पनि आधिकारिक रुपमा आफ्नो च्यारिटी स्थापना गरेको छ। लामो समयदेखि शिक्षा, स्वाथ्य र मानव अधिकार लगाएत थुप्रै सामाजिक क्षेत्रमा काम गर्दै आएको फाउण्डेसनले होताराम विश्वकर्माको अध्यक्षतामा अमेरिकामा पनि आफ्नो च्यारिटी स्थापना गरेको हो ।

फाउण्डेसनमा हाल ६ जना सदस्य मण्डल रहेको संरचना बनाइएको छ । फाउण्डेसनको उपाध्यक्षमा भिषण अधिकारी रहेका छन् भने सचिवमा दिपक दिवाली, कोषाध्यक्षमा सागर चम्लागाईं रहेका छन् । त्यस्तै फाउण्डेसनको सदस्यहरुमा डिल्लि केरूङ र सुरेन्द्र थिगिम रहेका छन् । फाउण्डेसनमा हाललाई ६ सदस्यीय कमिटी गठन गरिएको छ । संस्थाको बिधानमा ७ सदस्यीय कमिटी गठन गर्ने प्राबधान राखिएको छ । जसमा फाउण्डेसनले निकट भविष्यमानै १ जना महिला सदस्य नियुक्त गरि ७ सदस्यीय कमिटी बनाईने फाउण्डेसनका अध्यक्ष होताराम विश्वकर्माले बताएका छन् ।

सहारा फाउण्डेसनले आफ्नो कार्यक्रमहरुलाई महाअभियानका रुपमा अझ व्यापक बनाउँदै लैजाने र आवश्यकता अनुसार नेपाल र अमेरिकाका विभिन्न ठाउँमा निःशुल्क शैक्षिक एवम् स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै जाने लक्ष्य राखेको अध्यक्ष विश्वकर्माले बताएका छन् । सहारा फाउण्डेसन संस्थाले गैर आवासीय नेपाली संघ सँग सहकार्य गर्दै अमेरिकामा रहेका बिभिन्न नेपाली समुदायको उत्थानमा काम गर्नुका साथै अमेरिका र नेपालको शिक्षा र स्वास्थ्यलाई जोड्दै नेपालको शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा विशेष टेवा पुर्याउने कार्य गर्ने छ। उक्त फाउण्डेसनले नेपालमा बागमती सरसफाई अभियानको एक अभियाकर्ताका रुपमा लामो समयदेखि काम गर्दै आएको छ ।

त्यस्तै फाउण्डेसनले रक्तदान कार्यक्रम , खानेपानी तथा सरसफाई अभियान समेत संचालन गर्दैआएको छ । फाउण्डेसनले विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विभिन्न शैक्षिक कार्यक्रमहरू संचालन गर्दै असहाय तथा अपाङ्गता भएका बालबालिकाहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । फाउण्डेसनले अमेरिकाको ओहायोमा आगामी अक्टोबर २६ तारिखकादिन आफ्नो पहिलो कार्यक्रम अन्तर्गत बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । यसले ओहायोको भर्सिटी ब्लड सेन्टर, एनआरएनए ओहायो च्याप्टर (NRNA Ohio Chapter) , कल्याण फाउण्डेशन, लक्ष्मि ज्वलर्स र आर एण्ड टि स्टाफिङ (R & T Staffing) सँग सहकार्य गर्दै रक्तदान कार्यक्रम गर्न लागेको हो ।

सहारा फाउण्डेसनले संचालन गरेका आफ्ना कार्यक्रमहरुलाई देश तथा विदेश सम्म सूचना तथा समाचार मार्फत जानकारी गराउनका लागि नेपाल स्थित झरना खबर डट कम लाई आफ्नो मिडिया साझेदारी समेत चयन गरेको छ । झरना खबरले लामो समयदेखि फाउण्डेसनले नेपाल र अमेरिकामा गरेका विभिन्न कार्यक्रमहरुलाई प्रचार प्रसार गर्दै आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts