तत्कालीन गृहमन्त्री लेखकले जाँचबुझ आयोगसमक्ष दिएको बयानमा के छ ?

काठमाण्डाै – तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले नवयुवा आन्दाेलनका क्रममा आफूले सुरक्षा निकायलाई आवश्यकताभन्दा धेरै बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताउनुभएकाे छ ।

भदाै २३ र २४ गतेकाे घटनासम्बन्धी जाँचबुझ आयाेगमा आज बयान दिँदै लेखकले गृहमन्त्रीकाे हैसियतले आफूले सुरक्षा निकायलाई कुनै हताहत नहोस्, कसैकाे पनि ज्यान जाने अवस्था नआओस् भनेर सचेत गराएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई/तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहत (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु होला ।’

यस्तै तत्कालीन गृहमन्त्री लेखकले आन्दाेलनमा घुसपैठ हुन सक्ने कुरामा पनि सुरक्षा निकायलाई सतर्क गराएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ, प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, सतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts