बुटवल । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो ।जाममा परेका एक यात्रीले बताए अनुसार दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट दुवैतिर गाडीहरुको लामो लाइन छ ।
‘बीचमा ट्रकहरु बिग्रिएका छन् र साना गाडीहरुले लेन मिचेर चलाएका छन् । यसले गर्दा बाटोमा झन् बढी जाम लागेको छ,’ उनले भने । जाममा पर्दा यात्रु तथा चालकहरु समस्यामा परेका छन् ।हाल दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेको छ । प्रहरीका अनुसार सडक पूर्ण रुपमा खुल्न समय लाग्ने जनाएको छ ।
