सुनिता वाईबाको स्वरमा ‘वाईबा रानी’ सार्वजनिक

काठमाण्डौं : तामाङ म्हेन्दोमाया गीत ‘वाईबा रानी’ सार्वजनिक गरिएको छ। शैलाप वाईबा र सुनिता वाईबाको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौंको शेषमतीस्थित मम्बा क्याफेमा सार्वजनिक गरिएको हो। मोडल अभिनयमार्फत चिनिएकी सुनिता वाईबाले यस गीतबाट गायन क्षेत्रमा औपचारिक रूपमा पहिलो पटक प्रवेश गरेकी हुन्।

आफ्नो जन्मभूमि तथा वाईबा राजाको आशीर्वाद लिएर गायन यात्रा सुरु गरेकी गायिका सुनिताले ‘वाईबा रानी’ म्युजिक भिडियोमा निर्देशन, कोरियोग्राफी र कथाको जिम्मेवारी पनि स्वयं आफैले सम्हालेकी छन्। गीतको भावअनुसार तयार गरिएको भिडियो कथात्मक शैलीमा प्रस्तुत गरिएको छ। म्हेन्दोमाया संगीत क्षेत्रमा सुनिताले आफूमा रहेको प्रतिभाको भरपुर प्रयोग गरेको देखिन्छ। धादिङको नेत्रावती डब्जोङकी सुनिताले गीत र भिडियोमार्फत आफ्नो जन्मभूमि गैरा वाका, वाईबा ग्याल्बोको वर्णन तथा दृश्यात्मक काव्यलाई समेटेकी छन्।

म्हेन्दोमाया गीतको इतिहासमा उनी सम्भवतः पहिलो महिला निर्देशकसमेत बन्न सफल भएकी छन्। गीतका शब्ददेखि छायांकन स्थलसम्म सुनिताले आफ्नै गाउँघरलाई प्राथमिकता दिएकी छन्। गीतको निर्देशन र अभिनयमा पनि उनको मेहनत स्पष्ट देखिन्छ। भिडियोको सुरुवातमै देखिने हिमाली दृश्यले दर्शकको मन लोभ्याएको छ। समग्रमा ‘वाईबा रानी’ गीत-संगीत र भिडियो पक्षबाट सशक्त बनेको छ।

गीत सार्वजनिक कार्यक्रममा सहभागीहरूले सम्पूर्ण टिमलाई बधाई दिँदै गीतलाई एक पटक सबैले हेरेर सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts