मध्यपूर्वको तनाब चपेटामा नेपाली,सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने सरकारको निष्कर्ष

मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई सुरक्षा प्रबन्ध मिलाइने

काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए ।

‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिंदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ उनले भने ।

साथै, उनले सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुहरूको असुविधाबारे छलफल भएको उनले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts