आईजीपी कुँवर भन्छन्- सहकारी ठगीमा रवि लामिछानेको अहिलेसम्म कुनै प्रमाण भेटिएन

"जीबी राई मलेसियामा छन् स्वदेश ल्याउने प्रयासमा छौं"

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको जवाफ प्रहरी महानिरीक्षक वसन्त कुँवरले दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूलाई जवाफ दिँदै महानिरीक्षक कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेको नाम आए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

कुँवरले सहकरी प्रकरणको मुख्य नाइकेमा जीबी राई नै रहेको आफूहरुको पनि बुझाइ रहेको बताए। उनले हाल मलेसियामा रहेको सूचना आएकाले स्वदेश ल्याउने प्रयासमा लागिरहेको कुवँरले बताए।

‘सहकारीको इस्युमा माथिल्लो र नीतिगत तहमा विभिन्न प्रयास भएको छ। केन्द्रमा सीआईबी र तल जिल्ला प्रहरीले हेर्छन्’, उनले भने, ‘पोखरास्थित सूर्यदर्शन सहकारीको हकमा ५ जना पक्राउ परेका छन्। अझै १५ जना फरार छन्।’

उनले जीबी राई मलेसियामै रहेको निष्कर्ष सुनाए। ‘मलेसियामा जीबी राई छन भन्ने हामी भन्छौँ। यो फाइनान्सियल इस्यु भएका कारण अहिले त्यहाँ समकक्षी र एम्बेसीबाट पनि प्रयास भइरहेको छ’, उनले भने, ‘रवि लामिछानेको नाम आएको छ, यसमा उहाँको कुनै संलग्नता देखिएको छैन। बाकी अनुसन्धान हुँदैछ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts