राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन्। उनले बिहीबार अध्यक्ष नारायण दाहाल सक्षम राजीनामा दिएकी हुन्।

अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रबाट निर्वाचित भएकी उनको पदावधि भने बाँकी नै छ। तर नयाँ गठबन्धन बनेपछि भएका सहमति अनुसार उनको पद भने धरापमा परेको थियो।

फागुन २१ मा नयाँ गठबन्धन बन्दा माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो। तर पछि एकीकृत समाजवादी पनि गठबन्धनमा थपिएपछि सो सहमतिबारे मौनता कायम गरिएको थियो।

नारायण दाहाल (राष्ट्रपतिबाट मनोनित, माओवादी केन्द्र) राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भइसकेका छन्। उपाध्यक्षमा एकीकृत समाजवादीले पाउने आकलन गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts