३ महिनादेखि खानासमेत खाएको छैन्,पार्टीको किचलोले आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ : रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको बताएका छन्।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुगेको बताएका हुन्।

आफूले पार्टीको किचलोले तीन महिनादेखि खानासमेत नखाएको गुनासो गरे। पार्टी केन्द्रीय समितिको निर्णयसमेत केही मानिसहरूले नमान्दा अहिलेको परिस्थिति आएको बताए। उनले यो भनाइ श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीतिर लक्षित गर्दै दिएका हुन्।

‘मलाई पनि अचम्म लाग्छ। विरुवा मैले रोपेँ। मलाई थाहा छ, यो विरुवा कुन जातको हो। आँपको कि स्याउको कि ओखरको हो? तीन महिनादेखि खाना खाएको छैन, उनले भने, आत्महत्या गर्ने परिस्थितिसम्म पुर्‍याइसके। केन्द्रीय समितिको निर्णय मान्दैनौँ भन्छन्। अर्काको इशारामा हामी नचलौँ, हाम्रो निर्णय गरौँ भन्दा किन नमान्ने?’

नाउपालाई वर्तमान संघीय सरकारको गठबन्धनले चलाएको उनले बताए। अर्काको निर्णयमा आफूहरू नचल्ने पनि उनले बताए।

पार्टीमा पद लोलुपता धेरै देखिएको उनले बताए। आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बसेर थप निर्णय लिने पनि उनले बताए।

बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टीमा शुद्धीकरण थाल्ने पनि जिकिर गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts