टिकटक स्टार सावदीको गोली हानी हत्या

काठमाडौँ । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या गरिएको छ।

उम फहाद भनेर टिकटकमा चर्चित उनको शुक्रबार राति गोली हानेर हत्या गरिएको हो।

स्थानीय प्रहरीका अनुसार उनलाई बगदादस्थित आफ्नै घरबाहिर गोली हानिएको थियो।

पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको घटना सर्भिलियन्स क्यामरामा कैद भएको छ र सामाजिक सञ्जालमा सेयर भएको छ।

भिडिओमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीलाई गोली हानेको र घटनास्थलमै उनको मृत्यु भएको देखिन्छ।

घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ। टिकटकमा सवादीले पप गीतमा नाचेका भिडिओ हाल्थिन्।

यस्ता कन्टेन्टका कारण उनले ६ महिनाको जेल सजाय पनि भोगेकी थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts