जेन-जी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग काङ्ग्रेसकाे माग

काठमाडौं ।नेपाली कांग्रेसले जेन-जी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । जारी केन्द्रीय समिति बैठकमा यस बारेमा जिज्ञासा आएको र सोही अनुसार निर्णय हुने कांग्रेसका एक नेताले जानकारी दिए । 

जेन-जी आन्दोलनको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीकाे नेतृत्वमा आयोग गठन गरेको थियो ।

आयोगको प्रतिवेदन सार्वजनिक नगरी कार्यान्वयनमा जाने भनिए पनि सरकारले सो निर्णय पनि लिएको छैन । अहिले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब छ । 

महामन्त्री प्रदीप पाैडेलले प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएकाे बताए । ‘बैठकमा यसबारे कुरा उठेको छ । प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारीको विषय पनि हो । नागरिकस्तरमा कुरा उठेकाले वास्तविकता सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्नेछ’, उनले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts