आईसीसीले भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समेत आईसीसी टी २० विश्वकपअन्तर्गत आज (शनिबार) दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको प्रशंसा गरेको छ।

वेस्ट इन्डिजमा आज बिहान भएको प्रतिस्पर्धामा नेपाली क्रिकेट टोली केवल १ रनले दक्षिण अफ्रिकासँग हार्दा सुपर ८ मा पुग्ने अवसरबाट वञ्चित हुन पुग्यो।

तर खेल सकिएलगत्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले आज नेपालले गरेको प्रदर्शन गर्व गर्न लायक र आगामी दिनलाई यो अनुभव काम लाग्ने प्रतिक्रिया दिएका थिए।

यसैबीच आईसीसीले समेत नेपालले आज देखाएको प्रदर्शन गर्व गर्न लायक भनी प्रशंसा गरेको हो।

आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts