गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । संयुक्त अरब इमिरेट्स पुगेका उनीहरूले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका हुन् ।

गायक महेशले फेसबुकमा लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरूलाई अहिले बधाईको ओइरो लागेको छ ।

बाल्यकालदेखि संगीतमा लागेका महेशले बीचमा खेल पत्रकारको रूपमा आफूलाई चिनाएका थिए । अस्मिता भने नेपाल आइडलबाट उदाएकी गायिका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts