अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा कप्तान रोहितसहित नेपालका ३ खेलाडी अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन लिग ग्लोबल टी २० खेल्ने भएका छन्।

दीपेन्द्र र सन्दीपले एकै क्लबबाट खेल्नेछन्।

शनिबार बिहान भएको ड्राफ्टमा सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले किनेका हुन्।

दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेल्दै उपाधि जितेका थिए।

सन्दीप र दीपेन्द्र रहेको क्लबमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानलगायत छन्।

रोहितले भने पहिलोपटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

रोहित टोरन्टो नेसनल्समा अनुबन्ध भएका हुन्।

नेपाल क्रिकेट स‌ंघ (क्यान) ले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिएको छ।

ग्लोबल टी २० लिग जुलाई २५ मा सुरु हुँदै छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts