एनपीएल : चितवन राइनोजद्धारा पोखरा एभेन्जर्स ८७ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै चितवन राइनोजले एनपीएलमा लगातार दोस्रो जित हात पारेको हो । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३।२ ओभरमा ७४ रनमा अलआउट भयो ।

पोखराका लागि नायारण जोशीले सर्वाधिक ३० रनको योगदान दिए । यस्तै, मार्कस एडवर्ड विन्टर्स क्रिचलीले १७ र विपिन खत्रीले ९ रन जोडे । त्यसबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गरेनन् । कप्तान तथा ओपनर कुशल भुर्तेल, बास डी लिड्डे र माइकल लिक्स शून्य रनमै पभिलियन फर्केका थिए ।

पोखरालाई सस्तैमा समेट्न चितवन राइनोजका सोहेल तान्विर, रिजन ढकाल र लुक बेन्केन्टेइनले समान ३(३ विकेट लिएका थिए । यस्तै, दीपक बोहोराको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रनको योगफल तयार पारेको हो ।

ल्भउबतयउम्ब्ख्
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रनको योगदान दिए । यस्तै, कप्तान कुशल मल्लले ३८, लुक बेन्केन्स्टाइनले १६, ओपनर हसन आइसाखिलले १४ र सन्तोष कार्कीले ११ रन बनाए । यसैगरी, अमर राउटेला १३ र शरद भेष्वाकर ११ रनमा अविजित रहे ।

पोखराका लागि विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान २(२ विकेट लिँदा सागर ढकालको नाममा १ विकेट रह्यो । यसअघि चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि ५ विकेटको जित निकालेको थियो ।

प्रतियोगितामा बुधबार दुई खेल हुनेछन् । बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts