काठमाडौं । लायन्स क्लव अफ बुटवल शान्तीदिपले खाद्यान्न सहयाेग गरेको छ । क्लवले रुपन्देहीको तिलोत्तमा नगरपालिका -७ मा रहेको महिला बालबालिका यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी काम गर्ने संस्था सिर्जनशिल संस्था नेपाललाई खाद्यान्न सहयोग गरेको हो । कार्यक्रममा लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले संस्थाका अध्यक्ष बिजु पौडेललाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
क्लवका सदस्य रेशम बन्जाडेका सुपुत्र आरोप बन्जाडे र क्लवका सदस्य बिष्णु कुँवरको जन्मदिनको अवसर पारेर क्लबले उक्त संस्थालाई शनिबार खाद्यान्न हस्तान्तरण गरेको हो ।
लायन्स क्लब बुटबल शान्तिदिपले गत जुलाई देखि अगष्ट महिनाको ३ तारिख सम्ममा १० वटा भन्दा बढी कार्यक्रम गरेको लायन्स अन्तर्राष्ट्रियमा रिपोर्टिङ समेत गरिसकेको क्लवका अध्यक्ष विशाल पन्थीले जानकारि दिए । लायन्स क्लब बुटबल शान्तिदिपले गरिब दुखीको साथी भएर वर्ष भरि काम गर्ने लक्ष्य राखेको छ ।
२०५४ सालमा स्थापना भएको सिर्जनशिल नेपालले बेसाहारा महिला तथा बालबालिकाको उत्थानको काम गर्दै आएको छ । उक्त संस्थाले दातृ संस्था (युएनडिपि)को सहकार्यमा वातावरण सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत गरेको थियो ।
सिर्जनशिल नेपालले महिलाहरुको महिनावारी सम्बन्धी तालिम र वातावरण मैत्री तथा पुन प्रयोग गर्न मिल्ने प्याड उत्पादन गरि निम्न आय भएका महिलालाई वितरण समेत गर्ने गरेको छ । गत बर्ष रुपन्देहीका बिभिन्न पालिकामा उक्त सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष बिजु पौडेलले बताइन ।
तिलोत्तमा नगरपालिकाले दिएको दुइ कठ्ठा जग्गा स्थानीय सुकुम्बासीले अतिक्रमण गरेपछि सिर्जनशीलले २०७९ सालमा कार्यालय भवन निर्माणका लागि महायज्ञ लगाए जम्मा गरेको ३५ लाख र अरु रकम बैंकबाट ऋण लिएर आफ्नै भवन समेत बनाइ सकेको छ । बिगतमा भाडा तिरेर बाल आश्रम सञ्चालन गरेको सिर्जनशिल नेपाल साउन देखि आफ्नै भवनमा सरेको छ । ४५ जना आजिवन सदस्य समेत भएको सिर्जनशील नेपाल स्थानीय समुदायको सहभागीता र बाल विवाहबाट प्रभावित महिलाद्वारा स्थापित संस्था हो । हालसम्म यसले दुइ सय पचास जना बालवालिकालाई उद्धार गरिसकेको छ भने अहिले २६ जना बालबालिकाको रेखदेख गरिरहेको छ ।
खाद्यान्न वितरण कार्यक्रममा लायन्स फष्ट भाईस डिष्ट्रिक गभर्नर बलाराम भट्टराई, डिष्ट्रिक सेक्रेटरी माधव खनाल, डिष्ट्रिक पिआरओ एकदेव बस्याल, एरिया चिफ दिपक श्रेष्ठ, शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयरप्रसन बाबुराम खनाल लगायतको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष विशाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीनारायण खनालले गरेका थिए भने कार्यक्रम रमेश वञ्जाडेको संयोजनमा भएको थियो ।