पीडा र वेदनाकाे बाेटमा फल फल्दैन भन्यौं !!!

पीडा र वेदनाकाे बाेटमा फल फल्दैन भन्यौं ।
ओडारमा राेएर रात काट्दा जीवन चल्दैन भन्यौं ।

उमङ्ग थियाे सुरम्य संसारकाे दीप जलाऊ भन्ने दिनहिन:काे हुरीले लाख वत्तिकाे दियाे जल्दैन भन्यौं

रहर थियो अभावग्रस्त मुस्कानले चार प्रहर कटाऊ भन्ने मकिएको तिम्रो त्यो बर्किले रात ढल्दैन भन्यौं ।

सङ्घर्ष नै जीवनका स्वरुप हुन किन बुझिनौ प्रिय ।
तारामण्डल छानाे मुनिकाे अगेनाेमा आगो जल्दैन भन्यौं ।

रचनाकार : हिम केसी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts