रुपन्देही । लायन्स क्लव अफ बुटवल शान्तीदीप र लायन्स क्लव अफ बुटवल यूनिटीको संयुक्त आयोजनामा सुगर तथा प्रेसर परिक्षण कार्यक्रम सप्पन्न भएको छ । लायन्सका सस्थापक मेल्भिन जोनको १४६ औं जन्मोत्सवको अवसर पारेर क्लवले संयुक्त रुपमा स्वास्थ्य परिक्षणका कार्यक्रम गरेको हो ।
बुटवल बेलबासस्थीत लाइसेन्स तथा यातायात कार्यालय अगाडि हेल्थ डेस्क स्थापना गरी सुगर तथा प्रेसर परिक्षण कार्यक्रम गरेको शान्तीदीपका अध्यक्ष विशाल पंन्थीले जानकारी दिए । उनका अनुसार कार्यालय आउँने सेवकग्राही र स्थानीयगरी २०० भन्दाबढीले स्वास्थ्य परिक्षण गराएका थिए ।

बुटवल यूनिटीका अध्यक्ष कृष्ण आचार्यले पछिल्लो समय युवा युवतीहरुमा समेत सुगर तथा प्रेसर देखा पर्नेक्रम बढ्दो रहेकाले बेलैमा सचेतना अपनाउनु पर्नेमा जोड दिए । उनले समयमै स्वास्थ्य परिक्षणमा वेवास्ता गर्दा भावी दिनमा यसले भयानक रुप लिने भन्दै आफूहरुको तर्फबाट पनि बिरामीहरुमा सचेतना होस् भन्ने हेतुले यो कार्यक्रमलाई प्राथमिकता दिएको बताए । मानिसहरुमा खानपान तथा स्वास्थ्य परिक्षणमा वेवास्ता गर्ने परिपाटीले अस्पताल भर्ना भएर परिक्षण गराउँने भन्दा पनि आजैदेखी प्रेसर सुगरलाई नियन्त्रण गर्न सके अस्पातालको शैयामा छटपटाउँनु भन्दा खानपान तथा दैनिकीलाई नियन्त्रण गर्नु उत्तम हुने उनको भनाई थियो ।
शान्तीदीपका अध्यक्ष विशाल पन्थी र युनिटीका कृष्ण आचार्यको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता डिष्ट्रिक गभर्नर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्गको रहेको थियो । कार्यक्रममा डिष्ट्रिक कोचीफ एडभाईजर कोपिला रसाइली, एरिया चिफ बिमला गैरे ,रिजन चेयर पर्शन बाबुराम खनाल , बेदप्रसाद गैरे,लायन्स बुटवल वेस्टका अध्यक्ष अमर थापाको सहभागीता रहेको थियो ।

शान्तीदीपका उपाध्यक्ष समेत रहेका प्रकाश अधिकारीको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सचिव लक्ष्मी नारायण खनालले गरेका थिए । कार्यक्रममा शान्तीदीपका सहसचिव जालान्धर भुसाल,कोषाध्यक्ष सतिस आचार्य,युनिटीका कोषाध्यक्ष प्रकाश तिवारी, सामाजिक व्याक्तीत्व शरद वलि ,प्रसान्त बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।