चामुण्डा इन्स्टिच्युटले आयोजना गर्ने गणित विषयको एसईई बुस्टअप परीक्षा १० जिल्लामा हुँदै

जोरपाटी – गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ नारायणटारमा संचालित एडभान्स चामुण्डा इन्स्टिच्युटले आयोजना गर्न लागेको बुस्ट अप गणित परीक्षाको १७ औं श्रृङखला (प्रतियोगिता) देशभरका १० वटा जिल्लामा हुने भएको छ।

गोकर्णेश्वरमा आफ्नो छुट्टै पहिचान सहित स्थापित एडभान्स चामुण्डा इन्ष्टिच्युटले गर्ने अनिवार्य गणित विषयको एसईई बुस्टअप परीक्षाको १७ औं श्रृङखलामा करिब ५ हजार विद्यार्थी प्रत्यक्ष रुपमा सहभागी हुने संस्थाका प्रबन्ध निर्देशक दीपक रायमाझीले जानकारी दिएका छन् । उनका अनुसार ५ हजार विद्यार्थीले ५ सय भन्दा बढि परीक्षा केन्द्रबाट उक्त प्रतियोगितामा सहभागी जनाउने छन्।

गणित विषयको एसईई बुस्टअप प्रतियोगिता यहि फागुन ३ गते शनिबार १० ओटै जिल्लामा एकैसाथ हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने भएको छ । प्रतियोगितामा झण्डै १ सय ५० भन्दा बढी सामुदायिक र निजी विद्यालयमा १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले सहभागीता जनाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विशेष सम्मान र पुरस्कार प्रदान गरिने बताइएको छ। पछिल्लो समय एडभान्स चामुण्डा इन्स्टिच्युटले बैकल्पीक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्यस्तै इन्स्टिच्युटले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts