एकलब्य शिक्षा सदनको नयाँ अवधारणा सार्वजनिक,खुत्रुके बचत योजना संचालन गर्ने

काठमाण्डौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ हरहरमाहादेवमा संचालित एकलब्य शिक्षा सदनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक याम बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा विद्यालयका सुपरभाइजर झम्क बहादुर बस्नेतले उपस्थित अभिभावकहरुको स्वागत गर्दै कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कार्कीले आजको २१ औं शताब्दी सुहाउँदो शिक्षा र बजारमा प्रतिस्पर्धा गर्न सक्ने सबल र सक्षम विद्यार्थीहरु उत्पादन गर्ने उद्देश्यलाई पूरा गर्न विद्यालयले अध्ययन अध्यापनलाई प्रविधि मैत्री बनाउँदै लैजाने अवधारणा व्यक्त गरेको थिए ।

कार्यक्रममा विद्यालयका परामर्शदाता ढुन्डिराज गिरीले गतिविधिमा आधारित कक्षाहरु सन्चालन गरि विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने बताए । त्यसैगरी विद्यालयले आगामी शैक्षिकसत्र २०८२ देखि शिक्षण सिकाइलाई नयाँ ढंगले अगाडि बढाउँदै एकलब्य अभिनव केन्द्रको हब बनाउने योजना बनाएको छ ।

विद्यालयले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई आर्थिक अनुशासनमा अभिप्रेरित गराउँदै विद्यालयको अग्रसरतामा खुत्रुके बचत योजना संचालन गरि उनीहरुबाट संकलित बचत रकमलाइ कुनै बैंकसँग सन्झौता गरि प्रत्येक विद्यार्थीको खातामा रकम जम्मा गरिदिने अवधारणा समेत ल्याएको छ ।

उक्त अवधारणा मार्फत केटाकेटीहरुलाई भविष्यमा केहिमात्रामा आर्थिक सहयोग पुग्नुका साथै अनावश्यक रकम खर्च गर्ने बानिबाट रकम जम्मा गर्ने सोचाइको विकास हुने लक्ष्य राखिएको छ।हरहरमाहादेव स्थित शुभश्री बैंकुटमा आयोजना गरेको उक्त कार्यक्रममा करीब चार सय अभिभावकको उपस्थिति रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts