अनुसन्धानकाे घेरामा रहेका कर्णराज मेनपावर संघका महासचिव उम्मेदवार,मार्लान त बाजी

काठमाण्डौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव यहि चैत्र २९ गते अर्थात् भाेलि हुँदै छ। उक्त चुनावमा नेपाली काङ्ग्रेस पार्टीबाट अघिल्लो कार्यकालमा संघकाे सचिव पदमा चुनाव जितेका कर्ण राज कटुवाल यश पटक महासचिवको उम्मेदवार बनेका छन् ।

कटुवालले यसपटक भने काङ्ग्रेसको सुभेच्छुक संस्था लोकतान्त्रिक एशोसियसनले टिकट नदिएपछि बिद्रोह गरेर भए पनि नरेश गेलाल समूहबाट महासचिवमा आफ्नो उम्मेदवारी दिएका छन। उनको उम्मेदवारी पश्चात् लोकतान्त्रिक एशोशिएसनले कटुवाललाई साधारण सदस्यबाटै हटाएको बुझिएको छ।

एक जना व्यवसायीले उनको डानामिक स्टाफिङ सोलुसन मेनपावर दर्ता रहेको तर बार्सिक १०० जना पनि कामदार उक्त मेनपावरबाट विदेश नजाने र संस्थाको कार्यालय समेत कता छ ? कुनै व्यवसायीलाई थाहा नभएको बताएका छन । उनले सामाखुशीका व्यवसायी भेट्दा सामाखुसीको व्यवसायी भन्ने र सिनामंगलका व्यवसायी भेट्दा सिनामंगलको व्यवसायी भएको भन्दै झुक्याउदै भोट माग्ने गरेको आराेप लगाएका छन ।

वार्षिक सय जना कामदार समेत विदेशमा काम गर्न पठाउन नसक्नेले व्यवसायीकाे मर्म कसरी बुझ्न सक्छन् व्यवसायीकाे भनाइ छ। कटुवाललाई विभागबाट मुद्दा मिलाउने बहानामा २२ लाख असुलेको आराेप समेत लाग्ने गरेको ती व्यवसायीकाे भनाइ छ।

विभिन्न बहानामा साउदी आइडी कार्ड दिलाइदिने भन्दै पैसा असुलेको आराेपमा कर्ण राज कटुवालका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेग , वैदेशिक रोजगार विभाग र काठमाडौ उपत्यका अपराध अनुसंधान कार्यालयमा उजुरी परेको व्यवसायीले बताए । त्यस उपर प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान र छानबिन गरिरहेकाे उनले बताए ।

नेपाली काङ्ग्रेसले टिकट नदिए पछि उनले बिद्रोह गरेर उम्मेदवारी दिएकाे र मुख्य कारण व्यवसायीमाथि ब्रम्हलुट गर्न नै हो भन्ने ती व्यवसायीकाे आराेप छ।

कटुवाल अहिले महासचिव पदमा उम्मेदवार उठ्दा व्यवसायीहरुले बदला लिने र लज्जास्पद हारहुने नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले बताए।

अहिले संघमा नरेश गेलाल र भुवन गुरुङले आ-आफ्नो समूह बनाएर उम्मेदवारी दिएकाे बुझिएको छ । भुवन गुरुङ समूहलाई माओवादीको समर्थन भएको र गेलाल समूहको भन्दा भुवन गुरुङ प्यानलमा व्यवसायीक उम्मेदवार देखिदा उनको समूहले नै बाजी मार्ने आकलन गरिएको छ।

(भुल सुधार सहित पोष्ट गरिएको छ)

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts