पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरले राज्यलाई भएको नोक्सानीको प्रमाण देखाउन योगेश भट्टराईको चुनौती

मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन्, डकुमेन्ट मसँग छ। आवश्यक परे सार्वजनिक गरौंला,

काठमाडौं ।नेकपा (एमाले)का नेता योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलमा आफूले गरेको हस्ताक्षरले राज्यलाई भएको नोक्सानीको प्रमाण देखाउन चुनौती दिएका छन्।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका उनले सोमबार सामाजिक सञ्जालमार्फत प्रमाण देखाउन चुनौती दिएका हुन्।

‘म २०७६ साउन १५ गतेदेखि २०७७ पौस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो,’ उनले लेखेका छन्, ‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेराविरूद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ।’

उनले आफूमाथि औंला उठाउनेहरू नै यसमा पर्ने बताएका छन्।
मलाई औंला उठाउनेहरू नै पर्नेवाला छन्, डकुमेन्ट मसँग छ। आवश्यक परे सार्वजनिक गरौंला,’ उनले भने।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts