जम्मु कस्मिर आतंकवादी हमलामा परे बुटवलका २७ बर्षिय सुदीप न्यौपाने,शव नेपाल ल्याउने तयारी

बुटवल । भारतको जम्मु कस्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

जम्मू कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी हमलामा बुटवल उपमहानगरपालिका १४ स्थायी घर भएका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको हो।

उनि पछिल्लो समय आमासहित बुटवल १० कालिकानगरमा बस्दै आएका थिए । बुटवल उपमहानगरपालिका १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा बेलभोरिया स्थायी घर भएका न्यौपानेको मृत्यु भएको जानकारी दिए ।

मृतक सुदीप गत शनिबार दिदीभिनाजुसहित सहित कस्मिर घुम्न गएका थिए । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। सुदीपको शव दिउँसो १ बजे नेपाल ल्याउने तयारी भइरहेको छ।

मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा एक नेपालीसहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts