कपिलवस्तुकाे बसन्तपुरमा मर्निङ वाक निस्किएका २ महिलालाई कारले ठक्कर दिदा ज्यान गयाे

रुपन्देही ।कपिलवस्तुको बुध्दभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलालाई कारले हान्दा ज्यान गएको छ ।

आज बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको BAB 9599 नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कार चालक रुपन्देही,सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts