एनआरएनए जापानमा चुनावी सरगर्मी, कोषाध्यक्षमा गुल्मीका कृष्ण बाबुको उम्मेद्वारी

टोकियो— गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको बाह्रौं अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। आउँदो जुलाई २७ मा निर्वाचन हुने भएपछि जापानी नेपाली समुदायको माहोल गर्माएको हो। एनआरएनए जापानको २०२५-२०२७ कार्यसमितिको नयाँ नेतृत्वको लागि सिद्धार्थ श्रेष्ठको प्यानल मार्फत कोषाध्यक्षमा कृष्ण पोखरेल बाबुले उम्मेद्वारी दिएका हुन । जापानमा १७ वर्षदेखि बसोबास गर्दै सामाजिक सेवामा संलग्न रहँदै आएका पोखरेल आगामी कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

गुल्मेली समाज जापानको उपाध्यक्ष,आँपचौर सेवा समिती जापानको पूर्व अध्यक्ष एंवम बिगत १५ वर्षदेखि विभिन्न संघ-संस्थासंगै एनआरएनए जापानको केन्द्रीय सदस्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पोखरेल कुशल नेतृत्वकर्ताका रुपमा परिचित छन् । उनले संस्थालाई अझ पारदर्शी, सक्षम तथा प्रभावकारी बनाउँन आफ्नो उम्मेद्वारी रहेको बताए । “म सामाजिक मान्छे जिन्दगीको धेरै समय समाजसेवामा लागे,स्वदेशमा होस् वा विदेशमा जहाँ रहँदा पनि भाव सेवाकै हुने हुनाले एनआरएनए मार्फत अझ सेवाभावलाई बढाउँने उदेश्य अनुरुप यो चुनाबी मैदानमा होमिन तयार भएको हुँ ” उनले भने “संस्थालाई पारदर्शी, उत्तरदायी र स्वच्छ बनाउन सधैं आवाज बुलन्द गरेको छु । म सधैं पीडित, दुःखी र समस्यामा परेका नेपालीहरूको हितमा लागिरहेको छु,जापानमा कामदार,व्यापार भिषामा आउँने नेपाली हुन वा विद्यार्थी उनीहरुको हरेकको समस्यामा आफ्नो बलबुत्ताले भ्याएसम्म समाधान गर्न वा उनीहरुको पक्षमा आवाज उठाउने कार्यमा निरन्तर रहँदै आएको छु” ।

उनले नेपालको विकास र समृद्धिका लागि प्रवासी नेपालीको योगदान अतुलनिय रहेको भन्दै नेपाल सरकार सरोकारवाला निकायले एनआरएनएको भूमिका नजरन्दाज गर्न नहुनेमा जोड दिए।

त्यस्तै गुल्मेली समाज जापानका प्रवक्ता, वामी सेवा समाजका अध्यक्ष दिलिप थापाले संस्थालाई सही दिशा दिनका लागि इमानदार, निष्पक्ष र विवेकपूर्ण छवी भएका व्यक्ति मतदाताको रोजाईमा पर्ने हुँनाले कृष्ण बाबुको जित निश्चित रहेको विश्वास व्यक्त गरे । “उहाँ इमानदार, निष्पक्ष र विवेकपूर्ण छवी भएको समाजसेवी हो । नेपालीहरुलाई पर्ने हरेक समस्या उहाँले आफ्नो समस्याको रुपमा लिएर न्याय दिलाउने कार्यमा अग्रसर हुनुहुन्छ यसर्थ पनि यस्ता व्यक्ति संस्थाको जिम्मेवार पदमा निर्वाचित हुँदा संस्था अझ शशक्त र प्रभावकारी रुपले अगाडी बढ्छ ।”

वामी सेवा समाजका बरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेले कृष्ण बाबुको प्रतिबद्दता, इमान्दारिता र सेवाभावले एनआरएनए जापानलाई अझ पारदर्शी,शशक्त र समावेशी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफूहरुको विश्वास रहेको बताए । “हामीले उहाँको लगनसिलता र सेवाभाव नजिकबाट नियाल्ने मौका पाएका छौं । उहाँले नेपालीवासीहरुलाई गर्ने सेवाभाव र व्यवहारले उहाँ जस्तो व्यक्ति संस्थामा नेतृत्वदायी भूमिकामा आउँनु संस्थाको लागि अत्यन्तै राम्रो हो । त्यसै कारण पनि उहाँलाई जिताउँने हाम्रो दाहित्व वा कर्म हो । सहि नेतृत्व चुनेर संस्थालाई फाइदा हुन्छ भने कृष्ण पोखरेल बाबुलाई किन नरोज्ने ? हामी त उहाँजस्तो लिडर पाउँनु गर्व ठान्छौं “उपाध्यक्ष घिमिरेले भने

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts