जनकपुरधाम, धनुषा – नेकपा (एमाले) का केन्द्रीय सचिव तथा नेता रघुवीर महासेठको रहेको चाइनिज ईंटाभट्टाको घरबाट सशस्त्र प्रहरी बल नेपाल, धनुषा टोलीले ठूलो मात्रामा अवैध काजु बरामद गरेको छ।
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाइनिज ईंटाभट्टा कम्पाउण्डको खाली घरमा लुकाइराखिएको अवस्थामा काजु फेला परेको हो। बुधबार सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै उक्त घरबाट करिब १३ क्विन्टल २० किलो काजु बरामद गरेको हो।
सशस्त्र प्रहरीको प्रारम्भिक अनुमान अनुसार बरामद काजुको बजार मूल्य करिब १३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरिएको काजुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल धनुषाले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार काजु कहाँबाट ल्याइएको हो र कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।सिराह टुडेबाट साभार
