नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन् सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त

Tata box 1

काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।

सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन्।

यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।

Laxmi bank

त्यस्तै, प्रधानमन्त्री कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा छिन्।

आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै पाँच जना व्यक्तिसँग छलफल सुरू गरेकी हुन्।

उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन्।

कार्कीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने फागुन २१ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts