सुदन गुरुङ भन्छन्- आउँदो चुनावमा दलका नेताहरूलाई घरबाट निस्कनै दिँदैनौँ


काठमाडौ । आफूलाई जेन–जी आन्दोलनको अगुवा दाबी गर्ने सुदन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट निस्कनै नदिने बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले नेताहरूलाई घरबाट निस्कनै नदिने बताएका हुन् । 

सञ्चारकर्मीले उनलाई सोधेका थिए, ‘आन्दोलनले के उपलब्धि दियो ? ६ महिनापछि तिनै दल आउँछन् ।’ 

गुरुङले जवाफ दिए, ‘हामी फेरि आन्दोलन गर्छौं । आउनै दिँदैनौँ । घरबाट बाहिर निस्कनै दिँदैनौँ । म निस्कन दिन्नँ ।’

उनले निकै आक्रोशित भएर जवाफ दिएपछि केही सञ्चारकर्मी, आफूलाई आन्दोलनका घाइते तथा मृतकको आफन्त बताउने व्यक्ति र अभियन्ताबीच विवाद भएको थियो । त्यसपछि पत्रकार सम्मेलन नै भाँडिएको छ ।  

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts