क्लिन्टन स्कुलको १४ औं अभिभावक दिवस सम्पन्न,आगामी शैक्षिक सत्रका लागि प्रि-भर्ना खुल्यो

चाबहिल । काठमाडौं महानगरपालिका वडा नम्बर-७ चाबहिलमा रहेको क्लिन्टन इंग्लिस मिडियम स्कुुलले शनिबार आफ्नो १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा क्लिन्टन स्कुुलका प्रिन्सिपल एवम् संचालक हिक्मत रायमाझीको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष डाक्टर माधव भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथिमा समाजसेवी एवम राजनीतिज्ञ हरिगोपाल कक्षपती र झरना मिडिया हाउसका अध्यक्ष टि एन धमला रहेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिक्मत रायमाझीले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रगाति विवरण प्रस्तुत गर्नुका साथै शैक्षिक उपलब्धीका वारेमा अभिभावकललाई जानकारी समेत गराएका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा प्रमुख आतिथि डाक्टर माधव भट्टराईले मन्तव्य राख्दै विद्यालयको आगामी उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । त्यस्तै भट्टराईले क्लिन्टन स्कुल नेपालकै एउटा छुट्टै स्कुलका रुपमा स्थापति भएर विद्यार्थीहरुलाई गुणस्तरिय र प्रयोगात्मक सिपका आधारमा शिक्षा प्रदान गर्दै आएको प्रति खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट हुने सहयोग सधैं रहने बताउनु भयो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । स्काउट ग्रुपको मार्च पास र योगाका विद्यार्थीले प्रस्तुत गरेको रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो ।

औपचारिक सत्र र सांस्कृतिक कार्यक्रमको संचालन स्कुलकी शिक्षिका विद्या तिवारीले गरेकी थिइन् । त्यसैगरि कार्यक्रमको प्राविधिक सहयोगमा विद्यालयकै कर्मचारी एवम् पत्रकार इन्द्र बहादुर श्रेष्ठले हेरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कला र सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा लगभग ७ सय अभिभावकको उपस्थिति रहेको थियो ।

क्लिन्टन स्कुलले विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान समेत गर्दै आएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस स्कुलले आगामी शैक्षिक सत्रदेखि माध्यमिक कक्षा ११ र १२ सञ्चालन गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल हिक्मत रायमाझीको भनाई रहेको छ ।

क्लिन्टन स्कुललेले अनुभवी प्राध्यापक, आधुनिक शिक्षण विधि र आवश्यक पूर्वाधारसहित अध्यापन गराउँदै आएको छ । स्कुल प्रशासनका अनुसार विद्यार्थीहरुमा विभिन्न रोजगारमुखी र अनुसन्धानमा आधारित क्षमताको समेत वृद्धि हुने गरेको छ ।

पछिल्लो समय क्लिन्टन स्कुलमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले अभिभावकहरुको प्रमुख रोजाइमा पर्ने गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप जीवनोपयोगी सीपहरूमा स्कुलले जोड दिएकै कारण पनि अभिभावक र विद्यार्थीको रोजाइमा क्लिन्टन स्कुल पर्दै आएको छ ।

विद्यालयका प्रिन्सिपल हिक्मत रायमाझीले दिएको जानकारी अनुसार क्लिन्टन स्कुलमा आगामी शैक्षिक सत्रका लागि सरस्वती पूजा लक्षित कक्षा नर्सरी देखि कक्षा नौ सम्म प्रि भर्ना समेत खुलिसकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts